१३ कार्तिक २०८३, शुक्रबार

अष्ट्रेलियामा पनि नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २२ पुस ।  अष्टेलियामा पनि नेपाल भ्रमण वर्ष २०२० को सुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले सिड्नीमा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अस्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ भव्यरुपमा गरिएको बताउनु भएको छ ।

शुभारम्भ कार्यक्रममा अष्ट्रलियामा रहेका नेपालीहरु आ–आफ्नो सांस्कृतिक पहिरनसहित कार्यक्रमस्थल पुगेका थिए । औपचारिक कार्यक्रम समापन भएपछि पर्यटनमन्त्री भट्टराईसहित सहभागीहरुले नजिकै रहेको ओपेरा हाउसको भ्रमण गरेका थिए ।

नेपाल र अस्ट्रेलियाको झण्डासमेत बोकेका करिब दुई सय मानिस ओपेरा हाउस नजिकै पुग्दा सुरक्षागार्डहरुले केहीबेर रोकेका थिए ।