शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पर्सामा छोरीको हत्या गरेको आशंकामा आमासहित चार जना पक्राउ, बाबु फरार

दैनिक नेपाल २०७६ पुष २२ गते १३:५४

पर्सा, २२ पुस । आफ्नै छोरीको हत्या गरेको आशंकामा प्रहरीले पर्साको पोखरिया नगरपालिका–९ की शिवकला देवीसहित चार जनालाई पक्राउ गरेको छ ।

१५ बर्षिया किशोरी पुनिता कुमारीको हत्या गरी २ किलोमिटर नजिकै गाडेको सूचना प्रहरीले पाउनासाथ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको टोलीले सोमबार साँझ अनुसन्धानका क्रममा चार जनालाई पक्राउ गरेको हो ।

मृतकका बाबु वीरेन्द्र महतो भने फरार रहेका छन् । मृतकको लाश जलाएको अवस्थामा रहेको थियो तर शरिरका आंशिक भाग फेला पारी अनुसन्धान जारी राखिएको पर्साका प्रहरी उपरिक्षक (एसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

मृतककी आमासहित राजेन्द्र महतो तत्वा, सन्तोष महतो तत्वा र जीतेन्द्र यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

हत्या किन र के कारणले गरिएको भन्ने विषयमा छानबिन जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित