बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

अजयमेरु गाउँपालिकाद्वारा साढे दुई वर्षे कार्यकालको समीक्षा

दैनिक नेपाल २०७६ पुष २२ गते १२:३४

डडेल्धुरा, २२ पुस ।   डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिकाले आफ्नो साढे दुई वर्षे कार्य समीक्षा सार्वजनिक गरेकोे छ । गाउँपालिकाका अध्यक्ष उमेश भट्टले पालिकाको समिक्षा सार्वजनिक गरेका हुन् ।

गाउँपालिका अध्यक्ष निर्वाचित भएदेखि हालसम्मक गाँउपालिकाबाट निर्माण गरिएका दिर्घकालीन तथा अल्पकालीन योजनाहरु र विभिन्न विकास निर्माण लगायत गाउँपालिकाले गरेका विभिन्न कामहरुको बारेमा समीक्षा गरिएको हो ।

गाउँपालिकाले पहिलो वर्ष कानुन निर्माण, समग्रयोजना निर्माण, कार्यालय व्यवस्थापन, तथा विभिन्न नयाँ प्रभावकारी तथा जनमैत्री कार्यक्रम र दिर्घकालिन योजनाहरुको बारेमा पनि जानकारी गराइएको थियो । दोस्रो वर्ष थप दिर्धकालीन योजनासहित योजनाहरु अगाडि बढाइएको गाउँपालिका अध्यक्ष उमेश भट्टले बताए ।

समृद्व अजयमेरु गाउँपालिकाको आधार कृषि, पर्यटन, शिक्षा र व्यवस्थित पुर्वाधार निर्माणलाई जोड दिएर अगाडि बढ्ने अध्यक्ष भट्टले बताए । गाउँपालिकाले ५२ वटा ऐनकानुन तथा कार्यविधिहरु निर्माण गरेको भट्टले बताए ।

नो मोर होम डेलिभरी कार्यक्रम संचालन गरि संस्थागत सुत्केरी गराउन गर्भवतिसंग उपाध्यक्ष कार्यक्रम लागु गराई घरमा सुत्केरी हुने दर न्युन गरेको, कक्षा १ देखि ५ सम्म अजयमेरु नामक स्थानीय पाठ्यक्रम निर्माण तथा निशुल्क वितरण गरी पठनपाठन गराईरहेको समेत गाउपालिका अध्यक्ष भट्टले बताए ।

गाउँपालिकाले कृषकहरुलाई प्रोत्साहन गर्नकालागि पशु सुत्केरी भत्ता, आधारभुत विद्यालय र स्वास्थ्य संस्थामा ई हाजिर जडान गरी कर्मचारीहरुलाई समय पालना गर्न र जनताप्रति उत्तरदायि बनाउनसमेत गाउँपालिका दृढ रहेको भट्टको भनाई रहेको थियो ।

गाउँपालिकाले ज्येष्ठ नागरिकसंग जयराज कार्यक्रम अन्र्तगत ६५ वर्ष भन्दा माथिका सवै जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरी गाउँपालिकाका ६ वटै गाउँपालिकाकाल १ र १ जना वृदवृद्वालाई सम्मान गर्दै आएको छ ।

गाउपालिकाले २०७४/७५ मा ३३ करोड, २०७५/७६ मा ३८ करोड ७८ लाख ७७ हजार र चालु आर्थिक वर्षमा ४२ करोड ६० लाख २७ हजार रुपैयाको बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित