शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

धितोपत्र बोर्डको अध्यक्षमा ढुंगानालाई नियुक्त

दैनिक नेपाल २०७६ पुष २२ गते ७:२०

काठमाडाैं, २२ पुस । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगानालाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । ढुंगाना धितोपत्र बोर्डमा विज्ञ सदस्यका रुपमा संचालक समितिको सदस्य थिए ।

नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेका ढुंगानाले कार्यकारी निर्देशकबाट अवकास पाएका थिए । कार्यकारी निर्देशक रहँदा उनले विदेशी विनिमय विभाग प्रमुखका रुपमा लामो समय काम गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित