शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

रुपन्देहीमा विद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ

दैनिक नेपाल २०७६ पुष २१ गते ७:२५

भैरहवा, २१ पुस । रुपन्देहीमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षक प्रहरी फन्दामा परेका छन् ।

सम्मरीमाई –६, पोखरहवास्थित ज्ञानदीप बोर्डिङ्ग स्कुल कक्षा ५मा अध्ययनरत मोहम्मद तौफिक देवानलाई कुटपिट गरेको भन्दै सम्मरीमाई गाउँपालिका-६ रुदलापुर बस्ने शिक्षक शैलेन्द्र बरईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गृहकार्य नगरेको भन्दै शिक्षक बरईले १० वर्षीय बालक तौफिकलाई कुटेका थिए । कुटाईबाट देवानको बाँया आँखामा चोट लागी घाइते भएपछि शिक्षक बरई फरार भएका थिए ।

फरार शिक्षक बरईलाई आईतबार प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक पोषणराज ढकालले जानकारी दिए ।

शिक्षकलाई पक्राउ गरि भोली म्याद थपको लागी रुपन्देही जिल्ला अदालतमा पेश गरिनेछ । कानून अनुसार कारबाहीको लागी जिल्ला अदालतमा पेश गर्ने गरि प्रक्रिया अगाडि बढाई सकेको ढकालले बताए ।

बालकका अभिभावकले प्रहरीमा उजुरी दिएपछि बरईलाई नियन्त्रणमा लिएको हो । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज अस्पतालमा देवानको उपचारपछि घर फर्किएको बाजे मोहम्मद हुसेन धुनियाले बताए ।

शिक्षक शैलेन्द्र बरईले दिएको गृहकार्य पूरा र सफासँग नलेखेकोले देवानलाई बरईले कुटेका थिए । तौफिकका बुवा बैदेशिक रोजगारको शिलशिलामा साउदी रहेका छन् । उनी आमा र बाजेसँगै बस्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित