
काठमाडौं, २० पुस । संसदीय विशेष सुनुवाइ समितिले न्यायपरिषदको सदस्यमा नियुक्तिका लागि लक्ष्मीबहादुर निरालाको नाम सर्वसम्मत अनुमोदन गरेको छ।
संसदीय सुनुवाई समितिको आइतबार सिंहदरवारमा बसेको बैठकमा उपस्थित खड्काले समितिका सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिएपछि समितिले सर्वसम्मतिले अनुमोदन गरेको हो ।
खड्काले न्याय क्षेत्रमा भएका विकृति, विसंगतिले आफुलाई प्रभाव नपार्ने दावी गर्दै आफु आर्थिक र राजनीतिक प्रभावबाट मुक्त रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । जीवनको उत्तारार्धमा म त्यहाँ गएर यताउता गर्नुपर्ने केही छैन ।
तपाईंहरुको विश्वासलाई मैले आँच आउन दिने छैन। निरालाले आफू जहिले पनि विकृति र विसंगतिविरुद्ध लागेको व्यक्ति भएको सुनुवाइका क्रममा बताएका थिए।
‘म विकृति र विसंगतीको जहिले पनि विरुद्धमा रहेको व्यक्ति हो। न्याय परिषद्को सदस्यको हिसाबले म केही गलत क्रियाकलाप गर्ने छैन र असर पर्न दिने छैन’ उनले भने ।












प्रतिक्रिया