
काठमाडौं, १९ पुस । टिप्परको ठक्करबाट जनकपुरमा एक महिलाको ज्यान गएको छ। आज टिप्परको ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने अन्दाजी ४५ वर्षीया सुधादेवी ठाकुरको ज्यान गएको हो।
मन्दिरबाट पूजा गरेर फर्कदै गरेकी सुधालाई ना१क ४५०९ नम्बरको टिप्परले जनकपुरधाम–७स्थित पगलाबाबा धर्मशाला नजिक ठक्कर दिएको थियो। टिप्परको ठक्करबाट गम्भीर घाइते सुधाको उपचारको क्रममा जानकी हेल्थ केयर सेन्टरमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने टिप्पर र टिप्पर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
टिप्परको ठक्करले सुधाको ज्यान गएको घटना लगतै युवाहरुले जनकपुर नगरमा टिप्परको संचालनमा रोक लगाउन स्थानीय सरकारसंग माग गरेका छन् ।












प्रतिक्रिया