शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

दिउँसो १२ बजेपछि पैदलयात्रुलाई फूलचोकी जान निषेध

दैनिक नेपाल २०७६ पुष १९ गते १०:४४

काठमाडौं, १९ पुस । ललितपुरको फूलचोकी दिउसो १२ बजेपछि जान नपाइने भएको छ । प्रत्येक वर्ष फूकचोकीमा हिँउ खेल्न, हाइकिङ जाने र पिकनिक जानेहरु हराउन थालेपछि प्रहरीले अब १२ बजेपछि जान नपाउने नियम बनाउन लागेको बताइएको छ ।

पदयात्रामा जाने कतिपयको मृत्युसमेत भएको घटनालाई मध्यनजर गरी महानगरीय प्रहरी परिसरले गोदावरीले बसपार्क क्षेत्रमा छुट्टै प्रहरीचौकी पनि स्थापना गरेको छ । प्रहरी प्रभाग बाडेगाउँले ‘डेन्जर जोन’ भनी ठाउँठाउँमा होडिङ बोर्ड रोखेको छ । तैपनि फूलचोकी जाने कोही न कोही संकटमा परेकै छन् ।

‘छोटो दूरी’को बाटो प्रयोग गर्नु नै हराउनुको मुख्य कारण रहेको प्रहरी बताउँछन् । फूलचोकी फेददेखि टुप्पोसम्म १३ किमि दूरी छ । कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर १२ बजेपछि पैदलयात्रुलाई प्रवेश निषेध गरिएको प्रहरीले बताएको छ ।

‘१२ बजेअघि छिर्नेहरू दिउँसै हुने भएकाले हराउने सम्भावना कम हुन्छ । शनिबारदेखि बसपार्कभन्दा माथि उकालो चढ्ने ठाउँमा चेक प्वान्इट राखेर दैनिक जाँच थाल्ने योजना बनाइएको छ । प्रहरीले फूलचोकी घुम्न जाने व्यक्तिको नाम, फोन नम्बरसहित विवरण दर्ता गर्ने व्यवस्था मिलाउँदै छ ।

टुप्पामा राजदल गणको युनिट भएकाले त्यहाँका सेनासँग सहकार्य गरेर ३ बजेपछि तल पठाउने गरी व्यवस्था मिलाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित