१० मंसिर २०८३, बिहिबार

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र समाजवादीले प्रदेश २ मा सहकार्य गर्ने सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । नेपाली कांग्रेस र समाजवादी पार्टीबीच राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ ।

दुई पार्टीबीच प्रदेश नम्बर २ मा चार पदका लागि सहकार्य गर्ने १ बुँदे सहमति भएको हो ।

शुक्रबार प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवा र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच १ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र समाजवादी पार्टीबीच सहकार्य गर्ने सहमति बमोजिम प्रदेश २ मा ४ पदका लागि नेपाली कांग्रेसका तर्फबाट महिला र अल्पसंख्यक र समाजवादी पार्टीका तर्फबाट दलित र अन्य पदमा उम्मेदवारी दिने सहमति गरिएको सहमतिमा जनाइएको छ ।