१३ कार्तिक २०८३, शुक्रबार

बसकाे ठक्करबाट भक्तपुरमा एक जनाकाे मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १९ पुस । बसले घरमा ठक्कर दिँदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा रहेको अस्थायी घरमा शुक्रबार बेलुका बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बसको ठक्करबाट सो घरमा बस्दै आएका सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का हिमबहादुर तामाङको मृत्यु भएको हो ।

बा १ ख ९०९० नम्बरको बसले सडक छेउमा रहेको तामाङको अस्थायी घरमा ठक्कर दिँदा उनको ज्यान गएको हो । ३० वर्षका तामाङ गाडीको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।