५ कार्तिक २०८३, बिहिबार

सुनको मुल्यको नयाँ कितिमानी कायम !

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस ।  साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मुल्यले बिगतको रकेर्ड तोड्दै नयाँ किर्तिमान कायम गरेको छ । आज छापावाला सुनको मुल्य एकै चोटी एक हजारले बढेर ७४ हजार ५०० पुगेको छ, जुन हालसम्मकै सबैभन्दा महंगो हो ।

हिजो सुनको मुल्य प्रतितोला ७३ हजार ५०० थियो । चीन र अमेरिका बीच बढ्दो व्यापार यद्धका कारण अन्तरराष्ट्रिय शेयर बजारमा ह्रास आएको छ, त्यसपछि लगानीकर्ताहरुले सुन किन्दै होल्ड गरेका छन् । जसको फलस्वरुप अन्तरराष्ट्रिय बजारमा नै सुनको मुल्य बढ्दै गएको छ ।
गत असारसम्म सुनको मुल्य प्रतितोला  ६० हजारको हारहारीमा थियो । त्यसपछि बढ्दै गएको सुनको मुल्य भदौ १८ मा ७३ हजार ५ सयमा पुगेर नयाँ रकेर्ड राखेको थियो । त्यसपछि केही मात्रामा घटेको सुनको मुल्यले आज फेरी नयाँ किर्तिमान राखेको छ ।

यस्तै, आज तेजावी सुनको मुल्य ७४ हजार २०० पुगेको छ । चाँदीको मुल्य पनि १० रुपैयाँले बढेर ९०० पुगेको छ । हिजो सुनको मुल्य प्रतितोला ८९० थियो ।