१३ कार्तिक २०८३, शुक्रबार

मोटरसाईकल दुर्घटना हुँदा दाङमा एक जनाकाे मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घाेराही, १८ पुस । मोटरसाईकल दुर्घटना हुँदा दाङमा एक जनाकाे मृत्यु भएको छ ।

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका ११ कटाँहामा माईतीघर भएकी २४ वर्षीया पवित्रा डाँगीको ज्यान गएको छ । डाँगी तुलसीपुर ६ बरुवा गाउँमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक डम्मरबहादुर पालका अनुसार बिहीबार बेलुकी सवा ८ बजे घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ५ प ८४२ नम्बरको मोटरसाइकल तुलसीपुरको बेलझुन्डीमा दुर्घटना हुँदा डाँगी गम्भीर घाइते भएकी थिइन् ।

मोटरसाइकल चालक तुलसीपुर ९ बेलुवाका ४८ वर्षीय कुलबहादुर डाँगी सामान्य घाइते भएका छन् । घाइते डाँगीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।