आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

जगदम्बा र शुभश्री सिमेन्टकाे गुणस्तरमा कमी छैन

दैनिक नेपाल २०७६ पुष १८ गते ७:४२

काठमाडौं, १८ पुस । सर्वाधिक बिक्री हुने जगदम्बा सिमेन्ट ई.प्रा.लि. तथा शुभश्री जगदम्बा सिमेन्ट मिल्स् प्रा.लि.का उत्पादनहरू पिपिसि, ओपिसि तथा पिएससि सिमेन्टहरू नेपाल गुणस्तर चिन्ह तथा आईएसओबाट समेत प्रमाणित भएका छन् ।

कम्पनीका उत्पादनहरु आफ्नै सुविधा सम्पन्न प्रयोगशालामा दैनिक रासायनिक तथा भैतिक परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाउने गरिएको छ । साथै जगदम्बा सिमेन्ट नेपाल गुणस्तरद्वारा प्रदान गरिने गरिमामय क्वालिटी अवार्डमा लगातार तिन पटक लेटर अफ एप्रिसिएसनद्वारा सम्मानित भएको कुरा सर्ब विदितै छ ।

हाल केही संचार माध्यम एवं सामाजिक सञ्जालहरूमार्फत विभिन्न भ्रमपूर्ण र कपोकल्पित लेख आएकोप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत कम्पनीले जनाएकाे छ ।

‘हाम्रा उत्पादनहरु सदैव गुणस्तरीय रहेको र रहिरहने प्रतिबद्धता ब्यक्त गर्दै यस उद्योगसँग आबद्ध विक्रेता, डिलर, खरिदकर्ता तथा उपभोक्तहरुलाई उद्योगको उत्पादनहरुको गुणस्तरप्रति विश्वस्त हुन आग्रह गर्दै निर्धक्क रुपमा प्रयोग गर्न समेत विनम्र अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित