शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

रुपन्देही जिल्ला कारागार ८६ वर्ष पुरानो: १५० क्षमता, ४०० भन्दा बढी कैदीबन्दी

प्रतिक पौडेल २०७६ पुष १७ गते १६:३७

भैरहवा, पुस १७ । रुपन्देही जिल्ला कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा समस्या भएको छ । ८६ वर्ष पुरानो र जीर्ण कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा समस्या हुने गरेको छ ।

कारागारको क्षमता १५० जनाको भएपनि कारागारमा अहिले करिब ४ सय २९ जना कैदीबन्दी रहेका छन् । जिल्लाकारागारमा रहेका कैदीबन्दीमा १ सय ३३ करिब एक तिहाइ लागु औषध मुद्वामा कारागार चलान गरिएका कैदीबन्दी रहेका छन् ।

१ बिघा ७ कट्ठा क्षेत्रफलमा फैलिएको कारागारको भौतिक अवस्था पनि जीर्ण हुदै गएको छ । जेलमा हाल दुई वटा व्लक रहेका छन् जसमा ४ सय २९ जना कैदीबन्दी अटाउन बाध्य छन् ।

कारागारका जेलर नारायण पन्थीका अनुसार रुपन्देही जिल्लामा धेरै लागुऔषधका कैदीबन्दी हुने गरेकोले बताए । पन्थीका अनुसार लागुऔषध मुद्दाका कैदीबन्दी सजाय काटेर फर्केपनि पुन उही मुद्दामा फेरि फर्कने गरेका पनि रहेका छन् ।

कारागारमा लागुऔषध बाहेक अन्य मुद्दामा कर्तव्य ज्यान ५३, जवरजस्ती करणी ६१, चोरी ४५, डाका चोरी ७, ज्यान मुद्वामा १०, सवारी ज्यान २९, ज्यान मार्ने उधोग १४ लगायत गरी ४ सय २९ जना कैदीबन्दी रहेका छन् । कारागारमा ४१३ जना स्वदेशी र १६ जना बिदेशी कैदीबन्दी रहेका छन्।

कारागारका जेलर पन्थीका अनुसार राज्यले उचित ध्यान नदिँदा कारागार व्यवस्थापनमा समस्या भएको छ । पन्थीले कारागार नयाँ र अत्याधुनिक बनाउनु बाहेकको बिकल्प नरहेको बताउछन् । संरचना पुरानो भएको कारण कारागार सुधार गरेरपनि धेरै नटिक्ने पन्थको भनाई छ ।

पन्थीका अनुसार कारागारलाई ठाँउ पनि कम भएको छ जसको कारण कारागारमा कैदिबन्दीहरु खुलारुपले बस्न पाउने अधिकार पनि पाएका छैनन् । नयाँ कारागार निर्माणकालागि नगरपालिकाले दिएको जग्गासमेत गृह मन्त्रालयले लिन नमानेको हो ।

नगरपालिकाले कारागार स्थानान्तरणकालागि धेरै प्रयास गरेपनि गृहमन्त्रालयको असहयोगका कारण असफल भएको सिदार्थनगर नगरपालिकाले जनाएको छ ।

कारागार स्थान्तरण गर्नको नगरप्रमुख हरि प्रसाद अधिकारीको नेतृत्वमा गृहमन्त्री रामबहादुर बादल समेतलाई ज्ञापन पत्र बुझाए पनि सम्बन्धित पक्षबाट बेवास्ता भएको हो ।

नगरपालिकाले ओमसतिया गाउपालिकामा वडा नं ५ पट्खौलीमा रहेको करिव ६ बिघा ८ कट्ठा क्षेत्रफलमा जिल्ला कारागारको लागी जग्गा दिने भनेको थियो तर उक्त जग्गा कारागारकोलागि अयोग्य ठहरियो । नगरपालिका अनुसार भने उक्त ठाँउमा अत्याधुनिक कारागार निर्माणको लागि उपयुक्त रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित