बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

कञ्चनपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, राजमार्ग अवरुद्ध

दैनिक नेपाल २०७६ पुष १७ गते १४:२६

कञ्चनपुर, १७ पुस ।  कञ्चनपुरस्थित पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बेदकोट नगरपालिकामा भारतीय बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

युपी १७ १०६६ नम्बरको भारतीय बसले ठक्कर दिँदा म २ प ९०२७ नम्बरका मोटरसाइकल चालक बेदकोट नगरपालिकाका जयबहादुर रानाको मृत्यु भएको हो ।

ठक्कर दिने चालकलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तले बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनबाट राजमार्ग नै अवरुद्व भएको छ ।

अवरुद्ध पारिएको राजमार्ग सडक खुलाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ‘ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित