बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

नेपाल प्रहरी आईजी खनाल १० हजारसहित गृहद्वारा पुरस्कृत

दैनिक नेपाल २०७६ पुष १७ गते १४:०१

काठमाडौं, १७ पुस । नेपाल प्रहरीका महानिरिक्षक (आईजी) सर्वेन्द्र खनाललाई १० हजार नगदसहित गृह मन्त्रालयले विहीबार पुरस्कृत गरेको छ ।

बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेपछि उनी पुरस्कृत भएका हुन् ।

मन्त्रालयमा भएको एक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले आईजी खनाललाई नगदसहित सम्मान गरेका हुन् । उक्त अवसरमा गृहसचिव प्रेमकुमार राईलगायतको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष २०७५–०७६ मा नेपाल प्रहरीको बेरुजु ८८.५ प्रतिशत फछ्र्यौट भएको गृह मन्त्रालयले जनाएको छ । यसअघि आर्थिक वर्ष २०७४–०७५ पनि नेपाल प्रहरी बेरुजु फछ्र्यौटमा उत्कृष्ट घोषित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित