बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

किसानका उखु उद्योगमा पुग्नासाथ रकम बैंक खातामा पठाइने

दैनिक नेपाल २०७६ पुष १७ गते १३:५३

काठमाडौं, १७ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु उद्योगमा पुग्नासाथ त्यसको रकम किसानको बैंक खातामा जम्मा गर्ने व्यवस्थाको तयारी भएको बताएका छन् ।

विहीबार राष्ट्रिय सभामा जवाफ दिने क्रममा उनले किसानको लागि त्यस्तो व्यवस्थाको अध्ययन, उद्योगका समस्या र समाधानका लागि कार्यदल गठन गरेको बताए ।

चिनी उद्योगीका पनि समस्या रहेको उल्लेख गर्दै उनले तिनलाई सरकारले कसरी हल गर्छ भन्ने सुझाव कार्यदलले दिने जानकारी दिए ।

५ बर्षसम्म पनि उखुको रकम नपाएको भन्दै किसान राजधानीमा आन्दोलित छन् । चिनी मिल सञ्चालकले हालसम्म रकम नदिएपछि किसानको आन्दोलनले सरकार पेचिलो मोडमा पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित