बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

सामान्य प्रशासन मन्त्रालयको सबैतिर उर्दी– यस्ता कर्मचारी नमाग्नु !

दैनिक नेपाल २०७६ पुष १७ गते १३:२५

काठमाडौं, १७ पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रपतिको कार्यालयदेखि ७७ वटै जिल्ला समन्वय समितिसम्मलाई बुधबार कर्मचारी मागबारेको एउटा उर्दी जारी गरेको छ ।

मन्त्रालयले राजपत्र अंकित नभएका र श्रेणीविहीन पदहरूमा तत्काल कर्मचारी माग नगर्न भनेको हो ।

राष्ट्रपति कार्यालयसहित उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सबै मन्त्रालय, आयोग, बोर्ड, केन्द्र, परिषद, कार्यालय, प्राधिकरण, सातवटै प्रदेश प्रमुखका कार्यालय र ७७ वटै जिल्ला समन्वय समितिका कार्यालयहरुलाई सो जानकारीसहितको पत्र मन्त्रालयले पठाइसकेको छ ।

थ्प कर्मचारी माग गर्दा आवश्यकताभन्दा बढी कर्मचारी पूर्ति हुने भएकाले तत्काललाई पदपूर्तिसम्बन्धी माग नगर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित