आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

एनआईसी एशिया बैंक र श्री तिनाउ हस्पिटलवीच सम्झौता

दैनिक नेपाल २०७६ पुष १७ गते ८:०९

काठमाडाैं, १७ पुस । एनआईसी एशिया बैंक लिमिटेड र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बुटवलवीच एनआईसी एशिया बैंकका ग्राहक र बैंकका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा छुट दिने सम्झाैता भएकाे छ ।

अस्पतालमा बैंककाे डेबिट एवं क्रेडिट कार्डबाट सम्पूर्ण सेवा सुविधाहरूमा दशदेखि पन्ध्र प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हाे ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं. ५ को यस बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलकसुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक विमलप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित