१३ कार्तिक २०८३, शुक्रबार

ललिताले जीवन बर्बाद बनाइन्

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, १६ पुस । भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरकी खरिदार डेढ लाख घुससहित पक्राउ परेकी छिन् ।

खरिदार ललिता रोकायालाई सेवाग्राहीबाट एक लाख ५० हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको हो ।

जग्गा पास गर्ने क्रममा डेढ लाख रकम घुस लिदै गर्दा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरका प्रवक्ता टोपवहादुर विष्टले बताएका छन् ।

प्रवक्ता विष्टका अनुसार खरिदार रोकायालाई थप कारबाहीका लागि बुधबार आयोगको कार्यालयमा पठाइनेछ ।

अख्तियारले सुदूरपश्चिम प्रदेशमा रंगेहात पक्राउ गरेको महिला कर्मचारीमध्ये रोकाया दोस्रो कर्मचारी हुन् ।