१३ कार्तिक २०८३, शुक्रबार

कांग्रेस केन्द्रीय समिति बैठक पुस १७ गते बस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस ।  नेपाली कांग्रेसले पुस १७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

बैठकमा आगामी राष्ट्रियसभा निर्वाचनका उम्मेदवार चयनका विषयमा छलफल हुने बताइएको छ । नेपाली कांग्रेसभित्र पछिल्लो समय आन्तरिक विवाद सतहमा देखिएको छ ।

सभापति शेरबहादुृर देउवाले पार्टीलाई एकल ढंगले सञ्चालन गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट रहेका छन् ।

पौडेल पक्षले बैठक बहिस्कार गर्ने चेतावनी दिँदै आएको छ ।