५ कार्तिक २०८३, बिहिबार

सुनको मुल्य अहिलेसम्मकै महँगो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १५ पुस ।  सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ बढेर तोलाको ७३ हजार ५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै महँगो हो ।

यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको सुनको भाउ गएको महिनादेखि फेरि बिस्तारै बढेर आज तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको महासङ्घअन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

गएको १ गते तोलाको ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता आजसम्ममा तोलामा २ हजार रुपैयाँ बढेको छ । यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।