१३ कार्तिक २०८३, शुक्रबार

डीआइजी डा.सिंह एआइजी बढुवा सिफारिस

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १५ पुस । नेपाल प्रहरीकी डीआइजी डा.आशा सिंह एआइजी बढुवा सिफारिसमा परेकी छिन् । प्रहरी अस्पतालमा रहेकी उनलाई बढुवा सिफारिस समितिले एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको हो ।

प्रहरीको रिक्त प्राविधिकतर्फको एआइजी पदमा वरिष्ठ स्त्री रोग विशेषज्ञ रहेकी डा. सिंह सिफारिसमा परेकी हुन् । अस्पतालको मेडिकल डाइरेक्टर एआइजी दुर्गा थापा नियमित अवकासमा गएपछि प्रहरीमा एआइजी पद रिक्त थियो ।