१० मंसिर २०८३, बिहिबार

शिक्षक सेवा आयोगद्वारा प्राथमिक तहको करार शिक्षकको सूची सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । शिक्षक सेवा आयोगले प्राथमिक तहको हालसम्म ३६ जिल्लाको करार शिक्षकको सूची सार्वजनिक गरेको छ ।

आयोगले सूचना निकाल्दै प्राथमिक तह बारा, सिरहा, सप्तरी, कपिलबस्तु, डडेल्धुरा, नवलपरासी, महोत्तरी, सुनसरी, रौतहट, अर्घाखाँची, ललितपुर, जुम्ला, बाँके, झापा, रोल्पा, कञ्चनपुर, नुवाकोट, मोरङ, मनाङ र चितवन जिल्लाको करार शिक्षाको सूची सार्वजनिक गरेको हो ।

आयोगले पछिल्लो पटक भक्तपुर, पाँचथर, दाङ, गोरखा, सल्यान, ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, सोलुखुम्बु, खोटाङ, उदयपुर र पर्सा गरि ३६ जिल्लाको करार शिक्षकको सूची सार्वजनिक भएको छ ।

आयोगले शिक्षक सेवा आयोग नियमावलि २०५७ को नियम २४ बमोजिम करार शिक्षकमा नियुक्ति गर्नको लागि सूची प्रकाशन गरेको जनाएको छ ।