१० मंसिर २०८३, बिहिबार

क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस ।  मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन् ।

सीमा अतिक्रमणको विरोधमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्ने क्रममा नेता गजुरेल पक्राउ परेका हुन् ।

सीमासम्बन्धी विषयमा ज्ञापनपत्र बुझाउने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ।

माइतीघरतर्फबाट जुलुस संसद भवन नयाँ बानेश्वरतर्फ जबरजस्ती अघि बढेपछि प्रदर्शनकारीलाई पक्राउ गरिएको बताइएको छ ।