
काठमाडाैं, १२ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दानको घोषणा गरेका छन् ।
शनिबार तिलगंगा आँखा अस्पतालमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जली–सभामा उनले आँखा दान गर्ने प्रतिबद्धता जनाएका हुन्।
कार्यक्रममा ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादवले भने, ’ट्रमा सेन्टरमा ब्रेनडेथ भएका धेरै बिरामीहरु आउने बताउँदै विभिन्न अंग दान दिएका अरु व्यक्तिले नयाँ जीवन पाउन सक्छन् त्यसैले दान गर्नुपर्ने आग्रह गरेका छन्। ७ वटै प्रदेशमा डोनेसन सेन्टर बनाइनुपर्छ।’
कार्यक्रममा नेपाल आँखा बैँकको अक्षय कोषस्थापना गरिएको थियो । जसमा विभिन्न व्यक्तिहरुले सहयोग गरेका थिए।











प्रतिक्रिया