
विराटनगर, १२ पुस । विराटनगरस्थित वडा प्रहरी कार्यालय ‘क’मा कार्यरत एक प्रहरी जवानले झुण्डिएर आत्महत्या गरेका छन् । प्रहरी जवान सञ्जिव खड्काको शव झुण्डिएको अवस्थामा शौचालयमा भेटिएको हो ।
मृतक जवान यसअघि पनि धेरै पटक आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले घटनाको अनुसन्धान शुरु गरिएको जानकारी दिएका छन् । खड्काको शव परिवारका सदस्य आएपछि जिम्मा लगाउने गरी कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ।
खड्का चार दिनदेखि मात्रै वडा प्रहरी कार्यालयमा कार्यरत थिए। प्रहरीकाअनुसार खड्काले केही दिन अघिदेखि टोलाउने, एकसुर भएर हिाड्ने, साथीभाईहरुसाग त्यति नबोल्ने, एक्लै बस्न रुचाउने जस्ता गतिविधि गरिरहेका थिए ।
खड्काले एक वर्षअघि मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत रहादा आफ्नै छातीमा गोली प्रहार गरेका थिए। उर्लाबारीनै दरबन्दी भएका उनले २०७५ पुस ९ गते ‘थ्रिनट थ्री’ राइफलबाट छातीमा गोली प्रहार गरेर आत्महत्याको प्रयास गरेका थिए।












प्रतिक्रिया