
भैरहवा, ११ पुस । रूपन्देहीको भैरहवाबाट होटल तथा रेस्टुरेन्ट व्यवसाय सुरु गरेको पौवा ग्रुपले देशभर आफ्नो शाखा बिस्तार गर्ने भएको छ । हन्ड्रेड मिसन नाम दिएर पौवा ग्रुपले देशभर होटल चेन बिस्तार गर्ने उद्देश्यका साथ अघि बढेको छ ।
१५ बर्षिय यो मिसनमा पौवाले देशभर एक सय वटा होटल संचालनमा ल्याउने छ । मुख्यत प्रदेश ५ मा केन्द्रित पौवा ग्रुप आफ्नो उत्कृष्ट आतिथ्यताको लागी प्रख्यात छ । स्थापना भएको ३ बर्षमा पौवा ग्रुपले प्रदेश ५ को रुपन्देहीको भैरहवा, बुटवल, कपिलबस्तुको गोरुसीगें, दाङको लमही, भालुबाङ ,अर्घाखाँचीको सालझण्डी र कर्णाली प्रदेशको जुम्ला सम्म शाखा बिस्तार गरेको छ ।
यस्तै पौवाले पाल्पाको तानसेनमा केही समय पछि संचालनमा आउने छ भने गुल्मीको रेसुङ्गामा नेपालकै अत्याधुनिक स्तरको अन्तराष्ट्रिय स्तरको रिसोर्ट निर्माणको कार्य शुरु भएको छ ।
होटल पौवाका प्रबन्धक निर्देशक बिष्णु प्रसाद ज्ञवालीका अनुसार पौवा ग्रुपले होटल बिस्तार गर्न त्रिबर्षिय योजना बनाएर काम गरेको छ । योजना अनुसार सुदुरपश्चिम प्रदेशको महेन्द्रनगर, धनगढी अथवा अत्तरिया मध्य एक स्थानमा त्यस क्षेत्रमा सेवा दिने गरि होटलले काम अघि बढाएको छ ।
ज्ञवालीका अनुसार कर्णाली प्रदेशको चिसापानी, गण्डकी प्रदेशमा पोखरा, मुस्ताङको जोमसोम, प्रदेश २ को जनकपुर अथवा बर्दिवास मध्य एक, प्रदेश १ को बिराटनगर, इटहरी अथवा इलाम मध्य एकमा पौवाले तिन बर्ष भित्र सेवा बिस्तार गर्ने योजना बनाएको छ ।
ज्ञवालीका अनुसार संघिय राजधानी काठमाडौंमा पनि होटल संचालन गर्ने प्रकृया अघि बढेको छ ।
होटल पौवाः जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ
होटल पौवाः जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ । पाहुनाको स्वागत, सत्कार गर्नु होटलको दायित्व रहेको हुनाले यस खालको नारा लिएर अघि बढेको बताउछन् होटल पौवा भैरहवाका प्रबन्धक बिष्णु भण्डारी । भण्डारीका अनुसार होटलमा आउने पाहुनालाई जति सक्यो राम्रो सेवा दिनु आफ्नो प्रमुख दायित्व हो । हरेक आगन्तुकको सत्कार गर्नु विदेशी पाहुनालाई नेपाली आतिथ्यताको न्यानोपन दिनु पौवाको दायित्व रहेको भण्डारी बताउँछन् ।
नियमीत डेजर्ट सुजता खिर
होटल पौवा प्रदेश ५ रुपन्देही जिल्लाको भैरहवा देखी शुरु भएर देशभर शाखा बिस्तार गर्ने मिसनमा अघि बढ्दै छ । यसरी होटल पौवा देशभर जादै गर्दा आफ्नो जग अथवा गौतमबुद्धको जन्मभुमी लुम्बिनीलाई सँगै लिएर जानेछ । पौवाले गौतमबुद्धको जिवन सँग जोडिएको सुजता खिर लाई होटलको नियमित डेजर्टको रुपमा सबै शाखामा समावेश गर्ने घोषणा गरेको छ ।
खाना गुणस्तरिय बनाउन संवेदनशील
पौवा होटल भैरहवाका अध्यक्ष हरि बहादुर थापाका अनुसार होटल खाना गुणस्तरिय बनाउन हरदम संवेदनशील बनिरहेको छ । पौवा ग्राहकहरुमा नेपाली रैथाने खानालाई विदेशी पर्यटक माझ लोकप्रिय बनाउदै नेपाली खानाको अन्तराष्ट्रियकरण गर्ने अभियानमा एक कदम अघि बढिरहेको छ । थापाका अनुसार विभन्न संस्कृतिलाई प्रतिनिधित्व गर्ने २० प्रकारका नेपाली रैथाने खाना होटलको मेनुमा समावेश गर्दैछ ।
पौवाको आफ्नै मिष्ठान पौवा चौतारी
होटल पौवा ग्रुपले तराईमधेसको स्वादलाई प्रतिनिधित्व गर्दै रुपन्देहीको भैरहवामा पौवा चौतारी संचालन गरिरहेको छ । साकाहारी ब्यञ्जन सहितको पौवा चौतारीमा बिभिन्न मिठाई तथा तराई मधेसमा रुचाईएको परिकार उपलब्ध हुने जानकारी पौवा ग्रुपले जानकारी दिएको छ । पौवा चौतारी पौवाको हरेक शाखामा हुनेछ ।
नेपाल भ्रमण बर्ष २०२० र लुम्बिनी भ्रमण बर्ष २०७६ लाई प्रथामिकता
संघिय सरकारले मनाउन लागेको नेपाल भ्रमण बर्ष २०२० र प्रदेश ५ सरकारले मनाएको लुम्बिनी भ्रमण बर्ष २०७६ लाई प्रथामिकता दिएको जानकारी पौवाले दिएको छ । भ्रमण बर्ष लाई उपलब्धीमुलक बनाउन हरेक नागरिकको दायित्व रहेको बताउदै पौवाका प्रबन्धक निर्देशक ज्ञवालीले नेपाल भ्रमण बर्ष २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकलाई १० प्रतिशत छुट दिने बताए । यस्तै पौवाले नेपाली आन्तरिक पर्यटकलाई पनि बिभिन्न छुट दिँदै आएको ज्ञवालीले जानकारी दिए ।
नयाँ बर्षको भव्य स्वागत
पौवाले प्रत्येक बर्ष आफ्नो हरेक शाखामा अङ्ग्रेजी र नेपाली नयाँ बर्षको भव्यताका साथ कार्यक्रम गरेर स्वागत गर्दै आएको छ । नयाँ बर्षमा सबैलाई निशुल्क प्रवेश दिएर राष्ट्रिय र स्थानिय स्तरका कलाकारको मार्फत नयाँ बर्षको स्वागत भव्यताका साथ हुने गर्छ । पौवाले यस बर्ष पनि यसखालको कार्यक्रम आयोजना गर्नेछ । यस बाहेक पौवाले चाडपर्व बिशेष कार्यक्रम पनि गर्ने गरेको छ ।












प्रतिक्रिया