काठमाडौं, ११ पुस । काठमाडाैंकाे टोखामा पाँच वर्षीया बालिकाको झ्यालबाट खसेर मृत्यु भएको छ ।
ग्रीनल्याण्ड स्कुलमा अध्ययनरत टोखा नगरपालिका ६ की अनीषा पौडेलले आफ्नै कोठाको झ्यालबाट खसेर ज्यान गुमाएकी हुन् ।
आमा पवित्रा पौडेलसँगै बुधबार घर फर्केकी अनीषा आमा शौचालय गएको बेला झ्यालबाट खस्दा सुरक्षाका लागि पर्खालमा राखिएका चुच्चा रडका बारमा पुगेकी थिइन् ।
उनको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त, टोखाका सई संजिप नापितले जानकारी दिए ।
चुच्चा रडमाथि खसेकी अनीषा जीवितै थिइन् । उनी निकै बेर रोइकराइ गरिरहेकी थिइन् । उनलाई सजिलो गरि निकाल्ने अवस्था नदेखेपछि प्रहरी र स्थानीयले रड काटेरै उनलाई अस्पताल पुर्याएका थिए । अनीषालाई अस्पताल पुर्याएको केहीबेरमै मृत घोषणा गरियो ।
‘बालिका झ्यालबाट खसेर सिधै ती रडमाथि खसिन्’, सई संजिपले भने, ‘निकाल्न नसकेपछि हामीले रड काटेर अस्पतालमा पुर्यायौं तर उपचारका क्रममा ज्यान गुमाइन् ।’












प्रतिक्रिया