
लमजुङ, १० पुस । प्रहरीले नेत्र विक्रम चन्द समूहका एक नेतालाई पक्राउ गरेको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका लमजुङ जिल्ला सदस्य एवं युवा संगठनका जिल्ला संयोजक रविन्द्र नखोलालाई प्रहरीले पक्राउ गरेको हो ।
राईनास नगरपालिका–६ धमिलिकुवाका ३३ वर्षीय नखोलालाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा उनकै घरबाट पक्राउ गरेको हाे। उनलाई गएराति पक्राउ गरेर बुधबार दिउँसो सार्वजनिक गरिएको हो ।
उनलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप गरी बुधबारदेखि थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया