६ कार्तिक २०८३, शुक्रबार

मोडल बनाउनेले सोध्यो– मासु रक्सी खान्छौ ? महिनावारी भएको छ ? त्यसपछि…

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्बिर

काठमाडौं, ९ पुस । मोडल बन्ने ध्याउन्नमा झापाकी एक युवती अनौठो घटना हुनबाट जोगिएकी छन् ।

मोडलिङमा लगाइदिन्छु भन्दै एउटा समूहले नेपाल–भारतको मोरङ सीमामा सुटिङ गर्नुपर्छ भनेपछि ति युवतीलाई शंका लाग्यो । अझ शंका बढाउने कारण थियो– मासु रक्सी खानु हुन्न, पुजा लगाउनुपर्छ भनेपछि उनी झस्किन् ।

यति मात्र होइन, पुजापछि खाएको लड्डुले बेहोस बनाउँछ अनि भारतमा लुकाएको कालो धनहरू कहाँ छ  सबै देखिन्छ, त्यसलाई नेपाल भित्राउनुपर्छ भनेपछि त उनको होसै उड्यो ।

कहाँ मोडलिङको प्रस्ताव, कहाँ कालोधनको प्रलोभनको अर्को पाटो । ति युवती महानगरीय प्रहरी परिसर काठमाडौं पुगिन् । प्रहरीकहाँ उजुुरी दिइन् ।

अनि, त्यसपछि के भयो ?

फेसन हाउस सञ्चालन गर्ने एक महिलाले ति युवतीलाई फोन गरी एउटा प्रोजेक्टका लागि ६ फिट उचाई भएको मोडल चाहिएको भन्दै कामका लागि अफर गरिन् ।

ति महिला र ५ जना युवाहरू उनको बानेश्वरमा रहेको कार्यालयमा पुगे । घटना मंसिर अन्तिम साताको हो ।

६ महिना अघि चिनेकी ति महिलासँग पहिला पनि काम गरेकी युवतीले फेरि काम राम्रो हुने सुरमा हुन्छ भनिदिइन् । एक जना युवालाई उनले फोन नम्बर पनि दिइन् । कामका बारेमा निरन्तर उनीसँग कुराकानी पनि हुने गर्दथ्यो ।

गएको सातामात्र ति युवकले फेरि फोन गरी युवतीले सोधे– मासु रक्सी खान्छौ कि खान्नौं, महिनावारी भएको छ की छैन ? यो अनौठो प्रश्नदेखि उनी अझ शंकित भइन् ।

‘नेपाल भारत सीमामा पुजा गर्नुपर्छ फेरि हाम्रो कुलदेवताले मान्नुहुन्न’, युवकको उत्तरपछि उनले प्रहरीलाई यो विषयमा जानकारी गराउनुपर्ने ठानिन् ।

अर्को जोड के पनि भयो भने पहिला ३० जना जति प्राजेक्टमा हुने भनिए पनि ति युवकले युवतीमात्र हुने विषय अगाडि सारे ।

धेरैसँग बुझेपछि उनले प्रहरीमा जाने निधो गरी परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीलाई भेटेर यो विवरण सुनाइन् ।

प्रहरीले यस प्रकरणमा ७ जनालाई गिरफ्तार गरेको छ । इन्स्पेक्टर अनिल ठकुरीको नेतृत्वको टोली मोरङमा पुगी ६ जना समातेर ल्यायो भने काठमाडौंमा एक जना समातिए । ५ पुरुष र दुई महिला यस प्रकरणका अभियुक्त रहेको र अनुसन्धान जारी राखिएको प्रहरीको भनाई छ ।

यस प्रकरणका दोषीलाई प्रहरीले सार्वजनिक गरेको छैन । ‘अहिले अनुसन्धान जारी रहेका कारण नाम भन्न सकिन्न, यो समूहमा अरु पनि छन् कि भन्ने शंका छ’, स्रोतले भन्यो ।

ति युवतीलाई ट्रान्स पार्टी वा बलीसम्म दिनसक्ने आशंकको दायरामा रहेर प्रहरीले अनुसन्धान जारी राखेको छ । केही दिनमा नै यस विषयको अनुसन्धान सकी सबै विवरण सार्वजनिक गरिने बताइएको छ ।