६ कार्तिक २०८३, शुक्रबार

उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, पुस ८ । उपप्रधान एवं कानुनमन्त्री उपेन्द्र यादवले मंगलबार पदबाट राजीनामा दिएका छन् ।  संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हाे ।

उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राइले मंगलवार पदबाट राजीनामा दिएका हुन् ।

समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले सरकारसित भएको दुईबुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएको जनाएका छन् ।

‘सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुादा आजकै मितिबाट लागू हुने गरी उपप्रधानमन्त्री एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’ पत्रमा भनिएको छ ।

यसअघि, मंगलबारै बिहान काठमाडौंमा उपलब्ध समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।