
भरतपुर, पुस ८ गते । लामो समयदेखि बिरामी परेकी ३८ वर्षीया हात्ती ‘पूजाकली’को मृत्यु भएको छ ।
हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोर सौराहामा पालिएको पूजाकलीको आज बिहान असामयिक मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिनुभयो ।
पूजाकली लामो समयदेखि बिरामी रहेको थियो । लाखौँ खर्च गर्दा पनि रोग पत्ता नलागेको र पूजाकली पछिल्लो छ महिनादेखि खाना कम खाने र दुब्लाउादै गएको थियो ।
पूजाकलीले झण्डै आधा दर्जन छावालाई जन्म दिएकी थिइन् । चिकित्सक श्रेष्ठका अनुसार केन्ऽमा सबैभन्दा धेरै छावा जन्माउने हात्तीमा पूजाकली पनि थिइन् । पूजाकली शव परीक्षणको तयारी भइरहेको छ ।












प्रतिक्रिया