
काठमाडौं, ७ पुस । काठमाण्डौमा दिनप्रतिदिन चिसो बढ्दै गएको छ । काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसको हाराहारीमा झरेको छ ।
सोमबार बिहान ६ बजे काठमाण्डौको तापक्रम अहिलेसम्मकै कम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अझै केही दिन तापक्रम अहिलेको जस्तै रहने र तत्कालै पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । सोमबार पनि तराईमा बाक्लो कुहिरो लागेको छ ।
दिउँसो केहीबेर कुहिरो हटे पनि केही दिनदेखि बिहान र बेलुका बाक्लो कुहिरो लाग्दा घरबाहिर निस्कनसमेत समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । केही दिनयता तराईका क्षेत्रमा लगातार जस्तै कुहिरो लाग्दा जनजीवन प्रभावित भएको हो ।












प्रतिक्रिया