
काठमाडौं, ६ पुस । प्रधानसेनापति पूर्णचन्द्र थापा चारदिने औपचारिक भ्रमणकालागि बंगलादेश जाने तय भएको छ ।
बंगलादेशका प्रधानसेनापति अजिज अहमदको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा पुस २८ गते बंगलादेशको राजधानी ढाका जाने छन् ।
मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरिसकेको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले नियमित औपचारिक भ्रमणमा प्रधानसेनापतिको भ्रमण हुन लागेको जानकारी दिए ।
प्रधानसेनापति थापाले बंगलादेश सरकारका उच्च अधिकारीसँग शिष्टाचार वार्ता गर्ने कार्यक्रम छ । उनले समकक्षी अजिजसँग द्विपक्षीय वार्ता गर्नेछन् ।
बंगलादेश सेनाका केही युनिटको भ्रमणसमेत गरेर प्रधानसेनापति थापा १ माघमा स्वदेश फर्किने कार्यक्रम छ ।












प्रतिक्रिया