६ कार्तिक २०८३, शुक्रबार

नेपाल ट्रष्टको जग्गा कानुनसम्मत भाडामा दिइएको प्रमाण यस्ता छन्

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । काठमाडौं दरबारमार्गस्थित नेपाल ट्रष्टको  जग्गा थामसेर्कु ट्रेकिङ प्रालिले कानुनसम्मत हिसाबमा भाडामा लिएको प्रमाण फेला परेका छन् ।

१४ असार, ०७३ मा ट्रष्टले सूचना प्रकाशित गरी भाडामा दिन टेन्डर आह्वान गरेको थियो ।

दरबारमार्गमा रहेको कित्ता नम्बर ४६०६ को क्षेत्रफल १–१४–०–० को जग्गा प्रतिस्पर्धाबाट थामसेर्कुले अधिकतम भाडा तिर्ने भएपछि पाएको टेन्डरबाट खुलेको छ ।

साख स्टील इण्डष्ट्रीज र अदृष्य लियन जेभिले पनि टेन्डर फारम भरेका थिए । तर थामसेर्कुले झण्डै दोब्बर रकम बढी कबोल गरेपछि टेन्डर प्राप्त गरेको थियो ।

एक अर्ब ४० करोड १० लाख ८६ हजार ७५ रूपैयाँ थामसेर्कुले कबोल गर्दा साख स्टील इण्डष्ट्रीजले ६२ करोड २४ लाख ५८ हजार ८ सय १६ र अन्तिममा अदृष्य लियन जेभिले २६ करोड २८ लाख रूपैयाँ मात्र कबोल गरेको थियो ।

‘स्वभाविक रूपमा जहाँबाट बढी भाडा आउँछ उसले टेन्डर पाउने हो । अहिले अनावश्यक हिसाबले चर्चा गरिएको छ’, ट्रष्ट कार्यालय स्रोतले भन्यो । टेन्डर प्राप्त गरेपछि थामसेर्कुले ३० बर्षका लागि ट्रष्टको कार्यालयसँग १४ जेठ, २०७४मा सम्झौता गरेको थियो ।

सूचनाको सर्तअनुसार निर्माण अवधि ३ वर्षसम्म वार्षिक भाडाप्रति वर्ष ५० लाख र निर्माणअवधि समाप्त भएपछि वार्षिक भाडा रकम ४ करोड ५० लाख रूपैयाँ बुझाउने सम्झौतापत्रमा नै उल्लेख छ ।

३० पुस, ०२४ मा काठमाडौं महानगरपालिकामा नक्शा पास गरेको थामसेर्कुले उक्त जग्गामा गएको १४ साउनमा भवन निर्माण सम्पन्न गरेको थियो । ५० करोडको लागतमा निर्माण सम्पन्न भएको हो ।

वैज्ञानिक हिसाबले नै भाडाका लागि सम्झौता गरिएको छ । विवरणअनुसार प्रत्येक ५–५ बर्षमा सम्झौताको भाडामा ५ प्रतिशतका दरले बृद्धि हुनेछ । सम्झौता सकिएपछि भौतिक संरचना थामसेर्कुले ट्रष्टको कार्यालयलाई हस्तान्तरण गर्नेछ ।

ट्रष्टलाई बुझाउने रकम एक अर्ब ५९ करोड २० लाख ९१ हजार ७ सय १ र भौतिक संरचना निर्माणमा खर्चेको ५० करोड गरी २ अर्ब बढी थामसेर्कुले उक्त जग्गा भाडामा लिनकाल ागि खर्च गरिसकेको छ ।

थामसेर्कुले भवन निर्माण गर्न १२ करोड ६७ लाख ६९ हजार ९ सय ४१, सेवा सुविधा र विविधवापत ६ करोड ६१ लाख ९५ हजार ९ सय ८६ र भाडा १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रूपैयाँ गरी कुल एक अर्ब ५९ करोड ४० लाख ५२ हजार ४ रूपैयाँ कबोल गरी टेन्डर दर्ता गराएको ट्रष्टको कार्यालयमा रहेको विवरणमा छ ।

तर प्रतिवर्षका दरले गुणा गरी कुल ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९ सय ९४ रूपैया बनाएर सम्झौता गर्न २०७३ फागुन २८ मा थामसेर्कुलाई ट्रष्टकले कमजोरीपूर्ण हिसाबले पत्र काटेको भेटिएको छ ।

त्यसो भएपछि थामसेर्कुले २४ फागुन ०७३ मा उत्तः रकम आफूले कबोल नगरेको भनी पत्र पठाएको थियो । पछि वास्तविकता छानबिन गरिएपछि १ अर्ब ५९ करोड ४० लाख ५२ हजार ४ रूपैयाँ रकम सम्झौता गर्न ट्रष्टले ६ वैशाख ०७४ मा पत्र पठाएको थियो ।