६ कार्तिक २०८३, शुक्रबार

मेरो ‘नोट अफ डिसेन्ट’को छिनोफानो होस्- माधवकुमार नेपाल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस ।  नेकपाका सचिवालय सदस्य माधवकुमार नेपालले पार्टी सञ्चालन र नेतृत्वको कार्यशैलीबारे आफूले राखेको सातबुँदे नोट अफ डिसेन्ट (असहमति)माथि छलफल गर्न माग गरेका छन् । स्थायी समितिको बिहीबारको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफ्ना सातबुँदे असहमति कायमै रहेको बताएका हुन् ।

पार्टी सञ्चालनमा विधि, प्रक्रिया मिचिएको, सरकारले प्रभावकारी काम गर्न नसकेको, एक व्यक्तिः एक मुख्य जिम्मेवारीको नीतिलाई कडाइका साथ लागू नगरिएको भन्दै असहमति राखेका थिए ।

नेपालले सरकारले ठूला विकास निर्माणका कामलाई तीव्रता दिन नसकेको भन्दै सरकारको आलोचना पनि गरे ।

‘इच्छाशक्ति हुने हो भने सरकारले ठूला परियोजनाको काम छोटो समयमै पनि गर्न सक्छ भन्ने विदेशका प्रशस्त उदाहरण छन्, इच्छाशक्ति हुने हो भने समयअगावै धेरै काम सम्पन्न गर्न सकिन्छ, त्यसैले सरकारले गेयर बदल्नुपर्‍यो, ढिलासुस्ती अन्त्य गर्दै काममा तीव्रता दिनुपर्यो,’ उनले भने ।