३१ आश्विन २०८३, शनिबार

श्रम रोजगार पत्रकार समूह घोषणा, अध्यक्षमा न्यौपाने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २ पुस । श्रम रोजगार क्षेत्रमा क्रियाशील पत्रकारको क्षमता अभिवृद्धिका साथै सरोकारवालाको सहभागितामा नीतिगत संवादको ढोका खोल्ने उद्देश्यले सुनिल न्यौपाने (देशपरदेश) को अध्यक्षतामा श्रम रोजगार पत्रकार समूहको घोषणा गरिएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस, २०१९ को सन्दर्भ पारेर वुधबार यहाँ आयोजित कार्यक्रममा सो समूहको ११ सदस्यीय तदर्थ कमिटीको घोषणा गरिएको हो । समूहको उपाध्यक्षमा होम कार्की (कान्तिपुर), महासचिवमा अशोक घिमिरे (रासस), सचिवमा मनोज पराजुली (साझासवाल) र कोषाध्यक्षमा सीता शर्मा (गोरखापत्र) छन् ।

यसैगरी कार्यसमितिको सदस्यमा गोपाल सङ्ग्रौला (कारोबार), रवीन्द्र घिमिरे (अनलाइनखबर), सञ्जिता देवकोटा (उज्यालो), चन्दनकुमार मण्डल (काठमाडौँ पोष्ट) र रितु थेबे तथा उजीर कार्की (स्वतन्त्र पत्रकार) छन् ।

श्रम, रोजगार तथा आप्रवासनका विषय विश्वको प्राथमिकतामा परिरहेको सन्दर्भमा सरकार तथा सरोकारवालाई नीति निर्माणमा घच्घच्याउन तथा संवादलाई घनिभूत बनाउन समूहको गठन गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

सो अवसरमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले श्रम आप्रवासनका क्षेत्रमा क्रियाशील सरोकारवाला संस्थासँग समन्वय गरेर अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव पूर्णचन्द्र भट्टराई, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष विष्णु गैरे, अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएअओ) नेपालकी प्रतिनिधि नेहा चौधरीलगायत श्रम आप्रवासनका क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले नीतिगत संवादलाई प्राथमिकता दिएर काम गर्न आग्रह गरेकी थिइन् ।