१४ कार्तिक २०८३, शनिबार

बोक्सा भन्दै वडाध्यक्षमाथि कालोमोसो लगाई जुत्ताको माला !

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २३ मंसिर ।  चितवनको इच्छाकामना गाउापालिका वडा न २ का वडाध्यक्षमाथि बोक्साको आरोपमा कुटपिट साथै दुव्र्यवहार भएको छ ।

वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि स्थानियले बोक्साको आरोप लगाउदै कुटपिट गरेका हुन् । वडाध्यक्ष प्रजालाई स्थानियले कालोमोसो दल्नुका साथै जुत्ताकोमाला लगाई मलमुत्र समेत खुवाएका हुन् ।

कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए । तालाबन्दीपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो । त्यही क्रममा उत्तरकुमार गुरुङ सहितको समूहले वडाध्यक्षलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेको छ ।

पञ्चबहादुर चेपाङ इच्छाकामना गाउापालिका वडानम्बर २ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवसमेत हुन् । यसैबीच नेकपाले विज्ञप्ति जारी गर्दै वडाध्यक्ष प्रजालाई कांग्रेस कार्यकर्ताहरुले दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेको छ ।