१४ कार्तिक २०८३, शनिबार

‘भ्रष्ट’ कर्मचारीद्वारा पत्रकारमाथि दुर्व्यवहार, महासंघको भर्त्सना

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, २२ मंसिर । जनकपुर–जटहीमा रहेको छोटी भन्सारका कर्मचारीले पत्रकार सन्तोष बराइलीमाथि दुर्व्यवहार गरेको घटनामा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले भर्त्सना गरेको छ ।

काठमाडौं शाखाका केन्द्रीय पार्षद सन्तोष बराइलीमाथि भन्सारका कर्मचारीले मंसिर १८ गते समाचार संकलनका क्रममा दुव्र्यवाहार गरेका थिए । घुस लिँदै गरेको अवस्थामा बराइलीले कर्मचारीको तस्बिर खिच्नुका साथै समाचार संकलन गरेका थिए ।

सेवाग्राहीसँग अनाधिकृत रुपमा  पैसा असुली गरिरहेको दृष्य देखेपछि पत्रकार बराइली र नेपाल समाचारपत्र दैनिकका सिरहा संवाददाता शुभेन्दर दासले दृश्य क्यामरामा कैद गरेका थिए ।

पत्रकार बराइलीका अनुसार भन्सार कार्यालयका सहयोगी रामबहादुर कापरले सेवाग्राहीसगँ घुस लिँदै गरेको तस्बिर क्यामरामा कैद गरिरहँदा भन्सारका ईञ्चार्ज नायव सुब्बा नविनकुमार पाण्डेले क्यामेरा खोसेका थिए ।

महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम विडारीद्वारा जारी गरिएको विज्ञप्तीमा अनियमितता ढाकछोप गर्न जुनसुकै तह र तप्काका व्यक्तिहरुले पत्रकारलाई आँखाको तारो बनाउनु गलत हुने भन्दै घटनाको भत्र्सना गरेका हुन् । साथै दोषी कर्मचारीमाथि अबिलम्ब छानबिनका लागि सरकारसँग माग गरिएको छ ।