१४ कार्तिक २०८३, शनिबार

क्यान महासंघको नयाँ कार्यसमितिले जिम्मेवारी सम्हाल्यो

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । कम्प्युटर एशोशिएसन नेपाल (क्यान महासघं) को १३औँ नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

राजधानीमा आयोजित पदस्थापन कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई विभिन्न क्षेत्रका व्यक्तित्वहरूले बधाई दिँदै कार्यकाल सफलताको कामना गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव दीपक सुवेदीले सूचना प्रबिधिको विकाससंगै कम्प्युटर एशोसिएशनको भूमिका पनि महत्वपूर्ण रहेको भन्दै नवनिर्वाचित कार्यसमितिले बिगतका कामहरुलाई निरन्तरता दिदै थप योजनाका साथ प्रभाबकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नव निर्वाचित अध्यक्ष नवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व विज्ञान तथा प्रबिधिमन्त्री गणेश शाहले डिजिटल नेपालको फेमवर्क सरकारले निर्माण गर्ने र त्यसको कार्यान्वयन गर्ने क्यानको भूमिका महत्वपूर्ण हुने बताए ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्लले आइ टी उध्योगलाई राज्यले प्राथमिकता दिनुपर्ने कुरामा जोड दिए ।

गैर आवासीय नेपाली महासघंका उउपाध्यक्ष अर्जुन श्रेष्ठले क्यान महासंघसंग सहकार्य गरेर अगाडि बढने जानकारी गराए ।

नवनिर्वाचित अध्यक्ष नवराज कुँवरले क्यान निर्वाचनमा आफूले गरेका प्रतिबद्वता पूरा गर्ने बताए । उनले सबैलाई मिलाएर अगाडि बढ्ने बताए ।

हालै सम्पन्न क्यानको माहाधिबेशनले क्यानको महासंघमा ३९ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।