६ कार्तिक २०८३, शुक्रबार

नेकपा अध्यक्ष ‘प्रचण्ड’ अनशन बस्ने !

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १९ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अनशन बस्ने चेतावनी दिएका छन् ।

प्रदेश नम्बर २ को पिपराको बाटो बर्षाैँ देखि नबनेको र जनताले धेरै दुख पाएकाले छिटो भन्दा छिटो पिपराको बाटो नबने आफू साँच्चै अनशन बस्ने चतावनी दिएका हुन् ।

बिहिबार सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै आफू अनशन बस्छु भनेपछि जनतामा भरोसा भएको पनि दाबी गरे ।

आफ्नै पार्टीले चुनाव जितेको स्थानमा पनि जनतालाई सहज हुने सामान्य बाटो पनि नबनेको र आफूलाई भरोसा गरेका जनतामाथि नै अन्याय भएको भन्दै भन्दै प्रचण्डले जनतामा आफनो पार्टीको भरोसा राख्न र देशमा जनताको नेकपाको सरकार छ भन्ने आशा दिलाउन पनि आफूले अनशन बस्ने प्रचण्डको भनाइ रहेको थियो ।