
काठमाडौं, १८ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले उपनिर्वाचनको समिक्षा प्रतिवेदन तीन दिनभित्र केन्द्रीय कार्यालयमा पठाउन माथाहतका कमिटीलाई निर्देशन दिएको छ ।
पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले धरान उपमहानगरपालिका, भक्तपुर प्रदेश सभालगायतमा नेकपाको पराजय हुनुको कारण खुलाउन पनि निर्देशन दिएको हो ।
उपनिर्वाचनमा नेकपालाई सन्तोषजनक मत खसेको र पार्टी दुई तिहाई बहुमतको अवस्थाबाट नखस्किएको निष्कर्श निकाल्दै सचिवालय बैठकले धरान उपमहानगरमा नेकपाको हारबारे चिन्ता लिएको थियो ।
यसैबीच, सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना पनि गरेको छ । उक्त प्रस्ताव अध्यक्ष प्रचण्डले राखेका थिए ।















प्रतिक्रिया