मंगलबार, १७ मंसिर २०७६
DainikNepal.com
मंगलबार, १७ मंसिर २०७६

बलात्कार अरोपी ‘सिद्धबाबा’ अस्पतालबाटै पक्राउ

दैनिक नेपाल २०७६ मंसिर १६ गते १०:४६

काठमाण्डाै, १६ मंसिर । आफ्नै अनुयायीलाई बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको छ ।

विराटनगरस्थित विराट नर्सिङ होमको आइसियूमा भर्ना भएको अवस्थामा नै उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिए्रको हो ।

बलात्कारको आरोपमा पक्राउ पूर्जी जारी भएपछी स्वास्थ्यमा समस्या देखाई अस्पताल भर्ना भएका उनलाई हिजो दिउँसो ह्दयघात भएको भन्दै आइसियूमा सारिएको थियो ।

यद्दपी उनको स्वास्थ्य सामान्य रहेको प्रहरीको भनाई छ । सुनसरीको चतरास्थित आश्रमका सिद्धबाबामाथि एक महिलाले बलात्कारको आरोपमा उजुरी दिएपछी उनी बिरुद्ध सुनसरी जिल्ला अदालतले पक्राउ जारी गरेको थियो ।

उनलाई आज नै जिल्ला अदालत लगी म्याद थप गरिने जनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित