सोमबार, १६ मंसिर २०७६
DainikNepal.com
सोमबार, १६ मंसिर २०७६

पोखरामा सडकको काम गर्दागर्दै ५ मजदुरकाे पुरिएर मृत्यु

दैनिक नेपाल २०७६ मंसिर १५ गते ११:२३

काठमाडाैं, १५ मंसिर ।  पोखरामा सडकको काम गरिरहेका ५ मजदुरको पुरिएर मृत्यु भएको छ ।

पोखरा २० मौजाको बिसौनामा सडकको काम गरिरहेका ७ जना मजदुर माटोको ढिस्कोमुनि पुरिएका थिए ।

दूई मजदुर भने भाग्न सफल भएका थिए । मृत्यृ हुनेमा जोग्न्द्र बुढाथोकी, खिमलाल वली, गणेश वली, तोभान बस्नेत र बिज बहादुर बस्नेत रहेका छन् ।

सडक स्तरोन्नति गर्ने क्रममा रिटेनिङ वालको कामका सिलसिलामा ढिस्को खसेर मजदुर पुरिएका हुन्। ज्यान गुमाउनेमा सबै पाँचैजना सल्यानका भएको बताइएको छ, ।

प्रतिक्रिया
सम्बन्धित