बुधबार, २६ चैत २०७६
DainikNepal.com
बुधबार, २६ चैत २०७६

पोखरामा वडाध्यक्ष आचार्यको गाडीमा बम विष्फोट

दैनिक नेपाल २०७६ मंसिर ९ गते ८:५९

कास्की, ९ मंसिर । पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्यको गाडीमा बम विष्फोट भएको छ ।

घरमै पार्किङ गरेर राखिएको गाडीमा गएराति साढे २ बजेतिर बम विष्फोट आचार्यले बताए ।

वडा नम्बर ३३ का अध्यक्ष भए पनि उनी वडा नम्बर १७ मा अवस्थित घरमा बस्दै आएका थिए । उनले गाडीमा बम नै विष्फोट भएको बताए ।

विष्फोटबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको छ । बम विष्फोट कसले र किन गराएको भन्ने खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित