५ कार्तिक २०८३, बिहिबार

‘नेविसंघमा नेतृत्वविहीन कहिलेसम्म ?’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । नेपाल विद्यार्थी संघलाई पार्टी नेतृत्वले नेतृत्वविहीन बनाएको भन्दै पार्टी नेतृत्वलाई विद्यार्थी नेताहरूले प्रश्न गरेका छन् ।

सोमबार राजधानीको पद्मकन्या क्याम्पसमा अन्तरक्रिया कार्यक्रम गरी विगतदेखि नै नेविसंघप्रति आबद्ध रहँदै आएका विद्यार्थी नेताहरूले पार्टी नेतृत्वसामु ‘नेतृत्वविहीन अवस्था कहिलेसम्म ?’ भन्दै प्रश्न गरेका हुन् ।

नेविसंघको विधानविपरीत तदर्थ समिति आउन लागेको भन्दै सहभागीले आक्रोशसमेत पोखेका छन् । नेविसंघ गठनका विषयमा ३२ वर्षे उमेर हदको विषयलाई लिएर कांग्रेसभित्र विवाद देखिँदै आएको छ ।

कांग्रेसले नेविसंघको विधानलाई पछिल्लोपटक संशोधन गरेर ३२ वर्षमुनिबाट मात्रै नेतृत्व चयन गर्ने गरी व्यवस्था गरिसकेको छ । तर, पार्टी नेतृत्वले भने आगामी महाधिवेशनसम्मका लागि महाधिवेशन सम्पन्न गर्ने म्यान्डेट दिएर ३२ वर्षमाथिको नेतृत्व ल्याउने तयारी गरिरहेको छ ।

कार्यक्रमका संयोजक एवं निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले विद्यार्थीको संगठनमा अनावश्यक रूपमा पार्टी नेतृत्वले हस्तक्षेप गरेर संगठनलाई नेतृत्वविहीन अवस्थामा राख्दा संगठनका लागि प्रश्न गर्नुपर्ने अवस्था आएको बताए ।

कार्यक्रममा नेविसंघका पूर्वउपाध्यक्ष रामप्रसाद अधिकारी, पूर्व सहमहामन्त्री डिल्लीराम सुवेदी, बलदेव तिमल्सिना, विद्यार्थी नेताहरू निरञ्जन थापा, भागवत रेग्मी, उमेश थापा मगर, ईश्वर अधिकारी, शैलेन्द्र शर्मा गौडेल, नवराज त्रिपाठीलगायतले नेतृत्वविहीन अवस्था कहिलेसम्म भनी प्रश्न राखेका थिए । राजधानी दैनिकले खबर छापेकाे छ ।