५ कार्तिक २०८३, बिहिबार

‘गुगल म्याप’ देखाउँदै थर्काउँछन् भारतीय

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २३ कात्तिक । इलामको सन्दकपुर गाउँपालिकास्थित आहालटारमा भारतीय सुरक्षाकर्मीको हस्तक्षेपले आवासगृह निर्माण रोकिएको महिनौं भयो। गुगल म्यापमा निर्माणधीन क्षेत्र भारततर्फ पर्ने भन्दै भारतीय सुरक्षाकर्मीले अवरोध गरेका कारण तीन करोड रुपैया“ लागतमा बन्न लागेको आवास गृहको काम लथालिंग छ।

मोरङको सीमावर्ती क्षेत्रमा बर्सेनि भारतीय अतिक्रमण प्रयास हुन्छ। केही महिनाअघि जहदा गाउँपालिका–१ कालामनिजरस्थित दसगजा मिचेर भारतीय पक्षले निर्माण गरेको सडक स्थानीयले विरोध गरेपछि दुवै देशका सीमा सुरक्षा अधिकारीको समन्वयमा समाधान गरिएको थियो।

भारतले बारम्बार नेपाली भूभाग मिचेर सडक निर्माण गरेको विवाद मोरङ जिल्ला प्रशासनमा आइरहन्छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी सीमा क्षेत्रका विवादित विषय बर्सेनि मिलाउनुपरेको बताउँछन्। दसगजा क्षेत्रमा भारतीय नागरिकले घरसमेत बनाएर बसेका छन्।

भारत र नेपालको सीमा क्षेत्रमा देखिने यी दुई प्रतिनिधि उदाहरण हुन्। भारतसँग सिमाना जोडिएका प्रदेश १ का ६ जिल्लामा भारतले नेपाली भूभाग मिच्ने र नेपालका गतिविधिमा हस्तक्षेप गर्ने क्रम बर्सेनि बढ्दो छ। सीमा जोडिएका तराईका जिल्लामा नेपालतर्फकै भूभागमा सडक बनाउने, भारतीय प्रहरीको चेकपोस्ट र टहर निर्माण गर्नेदेखि सीमानजिकै नेपालका विकास निर्माणमा अवरोध गर्ने क्रियाकलाप उच्च छ।

ताप्लेजुङ र पाँचथरका सीमा भूभागमा नेपाली सुरक्षाकर्मीको उपस्थिति नहुँदा दर्जनौं सीमास्तम्भ हराएका छन्। भारतीय नागरिक खुला सीमाको फाइदा उठाउँदै नेपाली भूभागमा पसेर आपराधिक गतिविधि गर्नुका साथै तस्करी बढेको ताप्लेजुङ कालिखोलाका टाइन्द्र चापागाईं बताउँछन्।

‘भारतले कञ्चनजंघा हिमाल जाने बाटो नेपाली भूमिमै बनाएको छ। नेपालतर्फ आएर भारतीय घाँसदाउरा गर्छन्’, उनले भने। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।