बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

प्रहरीहरू भन्छन्– थाहा थियो तर सबैले ‘आलमलाई जोगाए’

दैनिक नेपाल २०७६ कार्तिक २१ गते ७:२७

गाैर, २१ कात्तिक । २०६४ वैशाख तेस्रो साता इलाका प्रहरी कार्यालय राजपुर प्रमुखमा खटिएर गएँ। २०६४ सालको संविधानसभाको मतदान २८ गते सकिएपछि मतपेटिका निर्वाचन कार्यालयमा बुझाएँ ।

२९ गते म कार्यरत रहेको इलाका प्रहरी कार्यालय, राजपुरमा फिर्ता भई गएको हुँ। सो घटनाको गाइँगुइँ सुनें। मिडियाबाट पनि थाहा पाएँ। घटनास्थलमा पुगेका मानवअधिकार, इन्सेकको टोली तथा पीडितलाई प्रतिवादीहरूले स्थानीयसँग भेट्न नदिएको थाहा भयो।

घरमा नयाँ भुस राखेकाले निकाली हेर्न खोज्दा अधिकारकर्मी दीपेन्द्र झा र पीडित पक्षलाई आक्रमणको प्रयास भएछ। घटनास्थल सेख इद्रिसको गोठघर पुग्दा करिब ५ सय पुरुष र महिलाले घेराउ गरेको अवस्थामा देखेपछि तिनलाई पक्रेर इलाका प्रहरी कार्यालय, रौतहट ल्याएको थिएँ।

बम विस्फोट र हत्या आरोपमा पक्राउ परेका निलम्बित सांसद आलमले बुधबार कर्तव्य ज्यान मुद्दाको बयान दिएका छन्। उनले मंगलबार ९ वटा र बुधबार २२ वटा प्रश्नको उत्तर दिएका छन्।

ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा बिहीबार उनीसँग बयान हुनेछ। बिहान साढे १० बजे अदालतमा उपस्थित गराइएका आलमसँग न्यायाधीश दीपक ढकालले बयान लिएका हुन्।

अदालतबाट बयान दिएर निस्कँदै गर्दा उनले हाँस्दै आफू ठिक रहेको बताए। पुरानै प्रतिक्रिया हो, केही भन्नु छैन भन्दै उनले राजनीतिक पूर्वाग्रह रहेको बताए। कर्तव्य ज्यान मुद्दाको बयान सकिएको र अब दुईवटा मुद्दाको बयानपछि थुनछेक बहस सुरु हुने पीडित पक्षका कानुनव्यवसायी पुष्पराज पौडेलले जानकारी दिए।

२०६४ चैत २७ गते आलमका काका सेख इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकाहरूलाई इँटाभट्टामा जलाएको आरोपमा गत असोज २६ गते नेता आलम पक्राउ परेका थिए।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०७५ चैत ८ गते पछिल्लोपटक जिल्ला प्रहरी कार्यालयलाई मुद्दा अनुसन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपित भनिएका नेता आलम पक्राउ परेका हुन्।

रौतहटको यमुनामाई गाउँपालिका–४ का त्रिलोकप्रताप सिंह मारिएको भन्दै बाबु श्रीनारायण सिंह र ओसी अख्तर मारिएको भन्दै आमा रोक्साना खातुनले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए।

सर्लाहीस्थित गडैता–२ का सफी अहमद र भारत सीतामणि जिल्ला बैरगनिया २ का ४२ वर्षीय गौरीशंकर रामले बम विस्फोटनमा घाइते भई उपचारपछि ठिक भएको भन्दै उजुरी दिएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित