५ कार्तिक २०८३, बिहिबार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र समस्यै समस्यामा

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । सरकारको स्वामित्वमा रहेको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र समस्या नै समस्याले गाँजिएको छ ।

सो केन्द्रका अधिकांश मेसिन उपयोगविहीन अवस्थामा छन् भने केही सेवा बन्द भएका छन् । सरकारले केन्द्रलाई प्राथमिकतामा नराख्दा र पर्याप्त चिकित्सक अभावका कारण केन्द्रमा भएका मेसिन पनि उपयोगमा आउन नसकेको पाइएको छ ।

मेसिन अभावमा बिरामी मर्कामा परेका छन् । केन्द्रका अनुसार केन्द्र स्थापना भएदेखि हालसम्म ६ सय ७२ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

अस्पतालले बिरामीले प्रभावकारी रूपमा सेवा दिन नसकेको देखिएको छ । राजधानी दैनिकले गरेको स्थलगत रिपोर्टिङका क्रममा बिरामीले प्रभावकारी तवरबाट सेवा पाउन नसकेको गुनासो गरेका थिए ।

केन्द्रले निकट भविष्यमा कलेजो प्रत्यारोपणको तयारी थालिएको जनाएको छ । अस्पतालमा पुगेका बिरामीले सहज तरिकाले सेवा प्रवाह नपाएको गुनासो गरेका छन् । एक जना सेवाग्राहीले भने, ‘के गर्नु डाक्टरहरूले वास्तै गर्दैनन् । पालो नै आउँदैन, कति कुरौं ?’

एक्मो मेसिन उपयोगमा आउन सकेको छैन । चिकित्सकका अनुसार भेन्टिलेटरले धान्न नसक्ने बिरामीका लागि सो मेसिन प्रयोग हुने गर्छ । राजधानी दैनिकले खबर छापेकाे छ ।